काठमाडौं, २ वैशाख ।आज सेयर बजारको परिसूचक नेप्से २७.१४ अंक बढेको छ ।
सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६८९ अंकमा कायम भएको छ । कारोबारकै क्रममा दिउँसो १ः५४ बजे नेप्से २७०४ अंकसम्म पुगेको थियो, जुन आजको लागि अधिकतम अंक रह्यो ।
बजारको परिसूचक मात्रै बढेको छैन, कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ । यसअघि आइतबार ६ अर्ब २८ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५४ करोडको भयो ।
२१२ कम्पनीको मूल्य बढ्दा ३४ को घट्यो । विकास बैंक र लगानी सेक्टरमा आज आकर्षण देखिएको छ । लगानी २।७१ र विकास बैंक २।४६ प्रतिशत बढे । बैंकिङ ०।४८, फाइनान्स १।५९, होटल तथा पर्यटन १।९९, हाइड्रोपावर १।४७, जीवन बीमा ०।८१, उत्पादन १।२२, माइक्रोफाइनान्स ०।६०, निर्जीवन बीमा १।०७ तथा अन्य ०।६१ प्रतिशत बढे ।
आज व्यापार सेक्टर घट्यो । सो सेक्टर ०।६४ प्रतिशत घटेको छ ।
पाँच कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोशी विकास बैंक, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो ।
बलेफी हाइड्रोपावरको मूल्य ९।६९ प्रतिशत घट्यो । विन नेपाल लघुवित्तको ६।१७ तथा आत्मनिर्भर लघुवित्तको ३।७१ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा बलेफी हाइड्रोपावर सबैभन्दा अगाडि रह्यो । सो कम्पनीको २ अर्ब रुपैयाँ बराबरको कारोबार भयो ।
त्यस्तै एनआरएन इन्फ्रास्ट्रक्चर, राधि विद्युत्, सीईडीबी होल्डिङस् र हिमालयन रिइन्स्योरेन्स धेरै कारोबार भएका कम्पनीमा क्रमशः अगाडि रहे ।
