काठमाडौ, १२ चैत । आज नेप्से परिसूचक ५८.०५ अंकले घटेर दुई हजार ५८२.७३ विन्दुमा झरेको छ। नेप्से एकैदिन २.१९ प्रतिशतले घटेको हो।

आज ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १.९० प्रतिशतले घटेको छ। ३२५ कम्पनीको एक करोड ११ लाख ५५ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा पाँच अर्ब १८ करोड सात लाख १८ हजार रुपैयाँबराबरको कारोबार भएको छ।

मंगलबार नेप्सेका १३ वटै समूहको सूचकमा गिरावट आएको छ। वित्त र जलविद्युत् समूह तीन प्रतिशतभन्दा धेरैले घट्दा विकास बैंक, होटेल तथा पर्यटन, लगानी, जीवन बिमा, लघुवित्त र निर्जीवन बिमामा दुई प्रतिशतभन्दा धेरैको ह्रास आएको छ।

नेप्सेका अनुसार चारवटा कम्पनीको सेयर मूल्य वृद्धि हुँदा २४० कम्पनीको मूल्यमा गिरावट आएको छ। नारायणी विकास बैंक आठ प्रतिशतले घट्दा सपोर्ट माइक्रोफाइनान्स र इस्टर्न हाइड्रोपावर सात प्रतिशतले घटेका छन्। बढेका समूह एक प्रतिशतभन्दा कमले बढेका हुन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

सोमंबुबिशु