काठमाण्डौं, १५ फागुन । इङ्गल्याण्ड आईसीसी च्याम्पियन्स ट्रफीको समूह चरणबाटै बाहिरिएको छ।

गएराति लाहोरको गद्दाफी स्टेडियममा अफगानिस्तानसँग ८ रनले पराजित भएपछि इङ्गल्याण्ड समूह चरणबाट बाहिरिएको हो। यद्यपि यो टिमले समूह चरणको अन्तिम खेल खेल्नै बाँकी छ ।

हिजोको खेलमा पहिले ब्याटिङ गरेको अफगानिस्तानले ७ विकेट गुमाएर ३२५ रन बनाएको थियो। ३२६ रनको सो लक्ष्य इङ्गल्याण्डले पूरा गर्न सकेन । इङ्गल्याण्डले  एक बल बाँकी छँदा सबै विकेट गुमाएर ३१७ रन बनायो ।

यो भन्दा पहिले समूह चरणको पहिलो खेलमा इंग्ल्याण्ड अस्ट्रेलियासँग पराजित भएको थियो।

अब इङ्गल्याण्डले अन्तिम खेल दक्षिण अफ्रिकासँग र अफगानिस्तानले अस्ट्रेलियासँग खेल्नेछन् ।

समूह बी मा रहेका दक्षिण अफ्रिका र अस्ट्रेलिया तीन/तीन अंकसहित समूहको शीर्ष पहिलो र दोस्रो स्थानमा छन्। अफगानिस्तान २ अंकसहित तेस्रो स्थानमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर