काठमाडौँ, २९ माघः नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति०को नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । काठमाडौँमा जारी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट अध्यक्षसहितका पदाधिकारी र केन्द्रीय समिति सदस्य चयनका लागि भर्खरै मतदान सुरु भएको सो पार्टीका नवनिर्वाचित उपाध्यक्ष मानुषी यमी भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार यही माघ २७ गते प्रज्ञा भवनमा सुरु भएको महाधिवेशनबाट दुई उपाध्यक्ष, एक कोषाध्यक्षसहित केही केन्द्रीय सदस्य निर्विरोध चयन भएका छन् । पार्टीको महिला उपाध्यक्षमा मानुषी यमी भट्टराई र दलित उपाध्यक्षमा दुर्गा सोब निर्विरोध निर्वाचित हुनुभएको छ ।
निर्विरोध भएका पदाधिकारी र केन्द्रीय सदस्यमा कोशी प्रदेश केन्द्रीय सदस्य ९खुला० मणि राई, कोशी प्रदेश केन्द्रीय सदस्य ९महिला० तारा बास्तोला दवाडी, मधेस प्रदेश केन्द्रीय सदस्य ९महिला० बिबि समिना खातुन, बागमती प्रदेश केन्द्रीय सदस्य ९महिला० वसुन्धरा सापकोटा, गण्डकी प्रदेश केन्द्रीय सदस्य ९खुला० चित्र सापकोटा, गण्डकी प्रदेश केन्द्रीय सदस्य ९महिला० नारायणी अधिकारी, लुम्बिनी प्रदेश केन्द्रीय सदस्य ९खुला० कमल खनाल हुनुहुन्छ ।
यस्तै लुम्बिनी प्रदेश केन्द्रीय सदस्य ९महिला० सुनिता काफ्ले, कर्णाली प्रदेश केन्द्रीय सदस्य ९खुल्ला० लक्ष्मीप्रसाद भट्टराई, कर्णाली प्रदेश केन्द्रीय सदस्य ९महिला० मीराकुमारी मल्ल, सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य ९खुला० रतनबहादुर टमटा, सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य ९महिला० सत्यदेवी चापागाईं, भारत प्रवास प्रदेश केन्द्रीय सदस्य ९खुला० लोकेन्द्रबहादुर सुनार, केन्द्रीय सदस्य खुला युवा महिला निशा श्रेष्ठ, आदिवासी जनजाति युवा महिला मञ्जु माया तामाङ, मधेसी महिला अमृताकुमारी देवी, दलित केन्द्रीय सदस्य युवा हिक्मत विक र थारू महिला गीता थनेत निर्विरोध निर्वाचित हुनुभएको छ ।
पार्टी अध्यक्षमा डा बाबुराम भट्टराई र नेत्र चापागाईंबीच प्रतिस्पर्धा हुने जनाइएको छ ।
महाधिवेशनमा एक हजार पाँच समय प्रतिनिधि छन् । महाधिवेशनमार्फत ११ पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिने छ ।
