काठमाडौँ, १४ असारः यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन हुँदैछ । चलचित्रमा बुङ्मतीको प्राचीन सभ्यता, नेवारी कला–संस्कृति तथा त्यहाँ बसोबास गर्ने नेवार, बाहुन, क्षेत्रीलगायत विभिन्न समुदायबीचको सहअस्तित्वलाई उजागर जनाइएको छ ।

चलचित्रका अभिनेता विशाल पोखरेलका अनुसार परम्परागत प्रथा र आधुनिक जीवनशैलीबीचको सन्तुलनलाई चलचित्रमा प्रस्तुत गरिएको छ । उहाँले भन्नुभयो, “चलचित्रमा मैले अभिनेताका रूपमा प्रहरीको पात्रलाई जीवन्त बनाउने कोशिस गरेको छु । पहिलो पटक म प्रहरीको रूपमा प्रस्तुत भए पनि मेरो सानैदेखिकै सपना भने प्रहरी बन्नु थियो, यसपटक त्यसलाई चलचित्रमा पूरा गरे ।”

उहाँले चलचित्रमा आबद्ध हुनुको मुख्य कारण प्रहरीको चरित्र रहेको बताउनुभयो । हिमाल उप्रेतीको लेखन तथा निर्देशनमा तयार भएको उक्त चलचित्रमा अभिनेता पोखरेलसँगै अनिशा श्रेष्ठ, घनश्याम जोशी, शारदा राई (सारा), शेखर चापागाईं, देशभक्त खनाल, लक्ष्मी गिरी, शङ्कर महर्जन र सुवास तिमिल्सिनालगायत कलाकारहरूको अभिनय रहेको छ ।

चलचित्रले मनोरञ्जनसँगै सामाजिक सन्देश प्रवाह गर्ने उक्त चलचित्रका प्रस्तुतकर्ता विश्वराम विष्टले जानकारी दिनुभयो । उहाँले चलचित्र निर्माणमा कुनै सम्झौता नगरिएको जानकारी दिँदै दर्शकको दृष्टिकोणबाट चलचित्र तयार गरिएको बताउनुभयो ।

अङ्गिरा थापा कार्यकारी निर्माता रहेको उक्त चलचित्रमा भूपेन्द्रकुमार खड्का, सागर पुरी र सुरेश गिरी सहनिर्माताका रूपमा हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर