काठमाण्डौं २३ बैशाख । बेलायती फुटबल क्लव चेल्सी स्पेनिस क्लव रियल म्याड्रिडलाई हराउँदै च्याम्पियन्स् लिगको फाइनलमा पुगेको छ ।
गए राति भएको खेलमा उसले स्पेनिस क्लब रियल म्याड्रिडलाई २ -० गोलले हराउँदै समग्रमा ३ -१ गोलको जित निकाल्यो ।
यस अघि यी दुईबीचको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएर समान अवस्थामा थिए । तर गए रातिको दोस्रो लेगमा चेल्सीले आफ्नो मैदानमा २–० गोलले रियललाई हरायो ।

खेलमा चेल्सीका लागि पहिलो हाफमा वेर्नर र दोस्रो हाफमा माउन्टले गोल गरेका थिए।

अब  सन् २०१२ को च्याम्पियन्स लिगको उपाधि विजेता चेल्सी र पहिलो पटक फाइनलमा पुगेको म्यानचेस्टर सिटीबीच मे २९ मा फाइनल खेल हुनेछ ।
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजीलाई हराउँदै सिटी फाइनलमा पुगेको हो ।

च्याम्पियन्स लिगको फाइनलमा वेलायती क्लबबीच प्रतिस्पर्धा हुन लागेको यो तेस्रो पटक हो।
यसअघि सन् २००८ मा चेल्सी र म्यानचेस्टर युनाइटेड अनि सन् २०१९ मा लिभरपुल र टोटेनहमच्याम्पियन्स लिगको उपाधिका लागि भिडेका थिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर