चितवन, ३० भदौः खानेतेल बोकेर काठमाडौँ गइरहेकोे ट्रक सिमलताल भन्ने ठाउँबाट त्रिशूलीमा खसेको छ । ना६ख ६२८३ नम्बरको ट्रक आज बिहान त्रिशूलीमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार भरतपुर महानगरपालिका–२९ पच्चीस किलोबाट ट्रक नदी छेउमा खसेको हो । ट्रकका चालक र सहचालकको खोजी भइरहेको छ ।ट्रकका चालक र सहचालकको मोबाइल स्विच्डअफ छ । उनीहरु त्रिशूलीमा नदीमा डुबेको जस्तो पनि लाग्दैन । हामी उनीहरुलाई खोजिरहेका छौं ।’घटनास्थलमा इलाका प्रहरी कार्यालय मुग्लिनको टोली पुगेको उहाँले बताउनुभयो ।
ट्रक भैरहवाबाट २ हजार २२५ कार्टुन सूर्यमुखी तेल लोड गरेर ललितपुरका लागि प्रस्थान गरेको थियो । तर त्रिशूली किनारमा भेटिएको ट्रकमा आधा जति तेल छैन । त्यहाँ तेल पोखिएको वा खसेको निशान पनि नभएकाले प्रहरीले दुर्घटनालाई शंकास्पद मानेको हो ।
