
काठमाडौँ, १७ साउनः नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले रिक्त रहेको उपाध्यक्ष पदमा गुरु बराललाई मनोनीत गर्ने निर्णय गरेको छ ।
एमालेको आज बसेको सचिवालय बैकठले स्थायी कमिटी सदस्य बराललाई उपाध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको एमाले महासचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो । उपाध्यक्ष सुभासचन्द्र नेम्बाङको निधन भएपछि उक्त पद रिक्त रहेको थियो ।
यस्तै, मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा मनोनीत गर्ने निर्णय गरिएको छ ।
सत्रजना केन्द्रीय सदस्यमा मनोनीत
महासचिव पोखरेलले बैठकले पार्टी प्रवेश, महिला र विभिन्न जनवर्गीय सङ्गठनबाट १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको जानकारी दिनुभयो । उहाँका अनुसार सुवास कर्माचार्य ९ सिन्धुपाल्चोक०, कुन्दन कुशवाह ९रौतहट०, जितेन्द्र देव ९सप्तरी०, रामप्रीत पासवान ९सिरहा०, कृष्णभक्त पोखरेल ९चितवन०, कमलकृष्ण तिमिल्सिना ९अछाम० र गोविन्द पुन ९सल्यान० रहनुभएको छ ।
यस्तै, केदार सिग्देल ९तनहुँ०, मनमोहन पौडेल ९पर्वत०, हरदेव जोशी ९दार्चुला०, हरि उप्रेती ९सर्लाही०, इन्द्र भण्डारी ९झापा०, महेश बर्तौला ९मकवानपुर०, सरिता भुसाल–किसान महासङ्घ, प्रभा बराल ९कास्की०, मञ्जु शर्मा चालिसे ९बागलुङ० र आशा जवेगु ९पाँचथर० रहनुभएको छ ।
प्रदेश इन्चार्ज हेरफेर
यस्तै, एमालेले प्रदेश इन्चार्ज हेरफेर गरेको छ ।
महासचिव पोखरेलका अनुसार शेरधन राईलाई कोशी प्रदेश, लीलानाथ श्रेष्ठलाई मधेस प्रदेश, डा राजन भट्टराईलाई बागमती प्रदेश, किरण गुरुङलाई गण्डकी प्रदेश, पद्मा अर्याललाई लुम्बिनी प्रदेश, गोरखबहादुर बोगटीलाई कर्णाली प्रदेश र लेखनाथ भट्टलाई सुदूरपश्चिम प्रदेश इन्चार्ज तोकिएको छ ।
यस्तै, बैठकले निर्वाचन आयोग र सल्लाहकार परिषद्मा पनि मनोनीत गरेको छ ।