
काठमाडौ, १४ साउन । संसदीय सुनुवाइ समितिको निर्णय आउनु अगावै प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिनुभएको छ ।
यौन शोषण मुद्दामा मिलापत्र गर्नुभएका प्रधानलाई समितिले निर्वाचन आयुक्त अनुमोदन गर्ने कि अस्वीकृत भनेर निर्णय सुनाउने तयारीमा थियो ।
नाम फिर्ता लिन प्रधानले दिएको निवेदन दर्ता भइसकेको संसद सचिवालयले जनाएको छ।
प्रधानलाई असार २ मा संवैधानिक परिषदबाट निर्वाचन आयुक्तमा सिफारिस गरिएको थियो । संसदीय सुनुवाइ समितिले सुनुवाइ प्रक्रिया अगाडि बढाउने क्रममा उनीविरुद्ध यौन शोषणको उजुरी परेको थियो।
पीडित महिलासहित उजुरीकर्ताबाट शोषणका घटनाक्रम, अदालतको मिलापत्र, एक करोड २५ लाख लेनदेन गरेको चेक आएपछि समितिले लिएर अध्ययन गरेको थियो।