
काठमाडौं, १० असार । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)को अगुवाइमा सहकारी संस्थाका पीडितहरुले आज यहाँ प्रदर्शन गरेका छन् ।
युवादेखि वृद्धवृद्धाहरुसमेत सहभागिता रहेको प्रदर्शनमा कतिपय वृद्धवृद्धा आफूले नियमित खाने औषधि समेत बोकेका छन् ।
उनीहरुले सहकारीको रकम हिनामिना गर्नेलाई पक्राउ गरी तत्काल कारबाही गर्न र पीडित बचतकर्ताको रकम फिर्ता गर्न माग गरेका छन् ।