काठमाडौ, १२ माघ । नेपाली कांग्रेसे पार्टी र प्रजातन्त्रका पक्षमा विशिष्ट योगदान पुर्याएका कारण नेता व्दय योगप्रसाद उपाध्याय र नूतन थपलियालाई आज एक समारोह वीच सम्मान गरेको छ ।

पार्टी स्थापनाको ७८ औं वर्ष पुगेको अवसरमा उहाँहरुलाई पार्टी सभापति शेरबहादुर देउवा सहित शीर्ष नेताले सम्मान गर्नुभएको हो ।

उपाध्यायले २००३ माघ १२ मा भएको अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशनमा सहभागी, नेपाल विद्यार्थी संघ हुनु अघि गठन भएको छात्रसंघ गठनमा अगुवाई भूमिका निभाउनुका साथै १७ वर्ष निर्वासन जिवन विताउनुभएको थियो ।

उपाध्याय २०४६ सालको आन्दोलन पछि बनेको अन्तरिम सरकारमा गृहमन्त्री हुनुहुन्थ्यो । उहाँ कांग्रेसको सह महामन्त्री र पार्टी प्रवक्ता समेत रहनुभएको थियो ।

९४ वर्षिय सम्मानित थपलियाले नागरिक स्वतन्त्रताका लागि २००३ साल देखि सक्रिय भएर लाल्नुभएको थियो । सहिद शुक्रराज शास्त्रीसँग शिक्षा लिनुभएका थपलिया २००७ को क्रान्तिको एक अभियानकर्ता हुनुहुन्थ्यो ।

२००७ सालमा बीपी विराटनगरमा पक्राउ परेको विरोधमा काठमाडौंमा प्रदर्शन गर्दा उहाँलाई तत्कालीन सरकारले पक्राउ गरेको थियो । स्वतन्त्रताका लागि उहाँले भोक हड्ताल र सत्याग्रह आन्दोलन अपनाउनुभएको थियो ।

भारत स्वतन्त्रताको खुसीयालीमा सहभागी हुँदा छ महिना जेल, राजनीतिक कार्यक्रममा लागेको आरोपमा २०२५ सालमा उहाँले शिक्षण पेशा गुमाउनु परेको थियो । थपलियाले मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलको स्थापनामा योगदान गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर