क्यालिफोर्निया, ६ असार । अमेरिकी राष्ट्रपति जो बाइडनले क्यालिफोर्नियामा आयोजित एक कार्यक्रममा चिनियाँ राष्ट्रपति सी जिन्पिङलाई तानाशाह भन्नुभएको छ ।
विश्वका दुई महाशक्तिबीचको तनाव कम गर्ने उद्देश्यले बेइजिङमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले सीलाई भेटेको एक दिनपछि बाइडनको यस्तो टिप्पणी आएको हो।
चीनले बाइडनको टिप्पणीबारे हालसम्म प्रतिक्रिया दिइसकेको छैन।
मङ्गलवार राति भएको एउटा चन्दा सङ्कलन कार्यक्रममा राष्ट्रपति बाइडनले चिनियाँ जासुसी बलुन अमेरिकी आकाशमा उडाएको हालैको घटनाका कारण सी लज्जित भएको बताउनुभयो ।
ूसी जिन्पिङ धेरै दुस्खी हुनुको कारण के थियो भने जब मैले त्यो बेलुनलाई खसाले त्यसमा दुई बाकस जासुसी उपकरण थिए, उनलाई त्यो त्यहाँ थियो भन्ने थाहा थिएन,ू बाइडनले भन्नुभयो ।
जब के भएको भन्ने उनीहरूलाई थाहा हुँदैन, त्यो तानाशाहहरूका लागि लाजमर्दो कुरा हुन्छ।ू
ब्लिङ्कनको बेइजिङ यात्रा करिब पाँच वर्षयता कुनै पनि शीर्ष अमेरिकी कूटनीतिज्ञले चीनमा गरेको पहिलो भ्रमण थियो। तर उहाँले दुवै पक्षबीच कैयौँ फरकपन रहेको बताउनुभएको थियो ।
वाशिङटन र बेइजिङ लामो समयदेखि व्यापार, मानवअधिकार र ताइवानलगायतका विभिन्न मुद्दाहरूमा उल्झिदैँ आएका छन्। बीबीसी
