काठमाण्डौं, २४ चैत । नेकापा एमालेका कर्णाली प्रदेशका तीन जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । राजिनामा दिनेमा सामाजिक विकासमन्त्री दल रावल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा र आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला हुनुहुन्छ ।

उहाँहरूले आज मंगलबार आयजित पत्रकारमा त्यस प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष आफूहरूले राजीनामापत्र बुझाएका बताउनुभएको हो 

मन्त्रीहरूको राजिनामा सामूहिक  छ ।

यही  चैत ४ गते एमालेले सो प्रदेशमा माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । त्यही निर्णय मानेर उहाँहरूले राजिनामा दिनुभएको हो ।

गत फागुन २३ गतेको अदालतको फैसलाको कारण  एमाले र माओवादी केन्द्रको पार्टी एकीकरण टुटेर छुट्टाछ्ट्टै अस्त्वित्वमा छन् ।

यो प्रदेशसभामा ४० सदस्य छन्। जसमा एमालेका सभामुखसहित २० जना सांसद छन्। माओवादी केन्द्रका १३ सांसद  हुन् । त्यसमध्ये धर्मराज रेग्मी एमालेका प्रवेश गरेको कारण  माओवादीले उहाँलाई कारबाही गरिसकेको छ।

त्यहाँ एमालेले माओवादीलाई हटाएर आफ्नै नेतृत्वको सरकार बनाउने तयारी गरेको छ ।  कार्णाली प्रदेशमा काँग्रेसका ६ र राप्रपाका १ जना मात्र सांसद छन्।

प्रतिक्रिया

सम्बन्धित खवर