काठमाडौँ, १९ वैशाख । धादिङ धुनीबेँसी नगरपालिका वडा नं ६ स्थित गणेश खोलामा सोमबार गएको पहिरो र मोटरेबल पुल भासिँदा सोमबारदेखि पृथ्वी राजमार्ग अन्तर्गतको नौबिसे सडकखण्ड ठप्प छ । सोमबार करिब ४ बजेर ३० मिनेटदेखि सडक अवरुद्ध भएको प्रहरीको भनाइ छ, पन्छाउन नेपाली सेना परिचालन भएको छ ।

उक्त स्थानमा आएको पहिरोका कारण सोमबार अपराह्नदेखि पृथ्वीराजमार्ग अवरुद्ध भएपछि सडक खुलाउन तत्कालै सेना परिचालित भएको हो । उक्त स्थानमा परिचालित सैनिक इञ्जीनियर्स टोलीले उक्त स्थानमा तत्कालै एक्रोब्रिज जडान गरिहाल्नुपर्ने अवस्था नभएको जानकारी गराएको छ ।

सडक विभागका कर्मचारी तथा धादिङस्थित गणबाट परिचालित फौजले रातभर करिब १० फिट तलबाट ग्यावियन वायर लगाई माटो ढुङ्गा भर्ने कार्य गरिरहेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताउनुभयो । अवरुद्ध सडक खुलाउन आज बिहानदेखि नै सेनाको थप फौज परिचालन भएको पनि उहाँले जानकारी दिनुभयो ।

भासिएको पुलमा नेपाली सेना, प्रहरी, स्थानीय तथा यात्रुको सहयोगमा ग्याभिन जाली भर्ने काम भइरहेको छ । यातायात सेवा सञ्चालन हुन अझै ५/६ घन्टा लाग्ने भएको छ ।

–––

प्रतिक्रिया

सम्बन्धित खवर