ललितपुर, १५ कात्तिक । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कानुनको शासन भनेको नागरिकले मात्र कानुन मान्ने होइन, सरकारले पनि कानुन मान्ने हो। प्रधानमन्त्री, मन्त्री र प्रहरी सबैलाई कानुन लाग्छ भन्नुभयो ।
उहाँले बलियो सरकार बन्नका लागि प्रधानमन्त्री मात्र शक्तिशाली भएर पुग्दैन त्यसका लागि राज्यका संस्थाहरू, नियम र कानुन बलियो हुनुपर्दछ उल्लेख गर्नुभयो ।
नेपाली कांग्रेसव्दारा आज यहाँ आयोजित पत्रकार सम्मेलन गर्दै उहाँले सो बताउनुभएको हो ।
उहाँले सिँचाइ विभागका महानिर्देशक र सुनकोसी मरिन डाइभर्सन आयोजनाका प्रमुखलाई कार्यस्थलबाटै प्रहरीले नियन्त्रणमा लिएर प्रधानमन्त्री कार्यालयमा बयान गराएको भन्ने समाचारप्रति पनि आपत्ति जनाउँदै भन्नुभयो भ्रष्टाचार नियन्त्रण र अनियमिततामाथि छानबिनका लागि स्थापित कानुनी प्रक्रिया र संस्थाहरूको पालना गर्नुपर्ने बताउनुभयो ।
सो अवसरमा सभापति थापाले यसअघि पासपोर्ट छपाइ प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखसहितका पदाधिकारी र परराष्ट्र मन्त्रालयका कर्मचारीलाई ८र९ घण्टासम्म प्रधानमन्त्री कार्यालयमा राखिएको घटनाको स्मरण गर्दै एक निर्माण व्यवसायी र एक सचिवलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएर लगिएको घटना स्थापित कानुनी प्रक्रिया विपरित कुरा हुन भन्नुभयो ।
उहाँले प्रधानमन्त्री अधिकारसम्पन्न भए पनि त्यो अधिकारको सीमा हुने बताउँदै अधिकारको सीमा उल्लंघन हुनासाथ समस्या सुरु हुने बताउनुभयो ।
सभापति थापाले भ्रष्टाचार अन्त्य गर्न चाहने नयाँ पुस्ताको माग जायज रहेको बताउँदै यस अभियानमा कांग्रेस पनि साथमा रहेको भन्दै तर, भ्रष्टाचार नियन्त्रणका नाममा कानुनी प्रक्रिया र विधिलाई बेवास्ता गर्ने अधिकार कसैलाई नहुने उहाँको धारणा थियो।
त्यस्तै, हालै केही पत्रकार पक्राउ परेर रिहा भएकको घटना बारे बोल्दै उहाँले संसदीय दलको बैठकबाट निर्देशन दिने काम होस्। प्रधानमन्त्रीले त्यो निर्देशन लिएर गएपछि सरकारले काम गरोस्, छानबिन होस् र परिणाम आओस्। हामीले चाहने कुरा त्यही हो उल्लेख गर्नुभयो ।
