काठमाडौ, २७ चैत । ताइवानी राष्ट्रपति त्साइ इङ वनले अघिल्लो साता गरेको संयुक्त राज्य अमेरिका भ्रमणपछि उत्पन्न तनावका माझ चीनले दोस्रो दिनपनि ताइवान वरपर सैनिक अभ्यास जारी राखेको छ।
बेइजिङले उक्त अभ्यासलाई ताइपेइविरुद्धको ‘कडा चेतावनी’का रूपमा व्याख्या गरेको छ। उसको जलसेना र हवाई सेनाले उक्त टापुलाई घेराबन्दी गर्ने पूर्व तयारीको सैन्य अभ्यास जारी राखेका हुन्।
ताइवानको रक्षा मन्त्रालयले पछिल्लो २४ घण्टाभित्र ७१ वटा चिनियाँ युद्ध विमान र ९ वटा नौ सैनिक पानी जहाज उक्त टापु वरपर देखिएको जनाएको छ।
उक्त चिनियाँ अभ्यासलाई लिएर ताइवानले आक्रोश व्यक्त गरेको छ।
ताइवानी राष्ट्रपतिले अमेरिकामा त्यहाँकी सभामुख केभीन मकार्थीसँग भेटवार्ता गरेकी थिइन।
बेइजिङले उक्त भेटघाटलाई ‘बहाना बनाएर सैन्य अभ्यास गरेको र त्यसले उक्त क्षेत्रको शान्ति, स्थिरता र सुरक्षामा गम्भीर खलल पुर्याएको’ ताइवानले आरोप लगाएको छ।
संयुक्त राज्य अमेरिकाले भने चीनलाई आक्रोशित नहुन र अनावश्यक उत्तेजना व्यक्त नगर्न आग्रह गरेको छ।
अमेरिकी विदेश मन्त्रालयका एक जना प्रवक्ताले बेइजिङसँग आफ्नो देशको सञ्चारका च्यानलहरू खुला रहेको बताए।
ती प्रवक्ताले चीनको गतिविधि नजिकबाट निगरानी गरिरहेको र सो क्षेत्रमा स्थिरता कायम गर्न आवश्यक स्रोतसाधन अमेरिकासँग रहेको बताए।
संयुक्त राज्य अमेरिकाले सन् १९७९ मा बेइजिङको पक्षमा उभिँदै ताइपेइसँग कूटनीतिक सम्बन्ध तोडेको थियो तर कानुनी आधारमा ताइवानलाई आत्मरक्षाका लागि सहयोग गर्न अमेरिका बाध्य छ।
बेइजिङले ताइवानलाई चीनको एउटा टुक्रिएको प्रान्तको रूपमा हेर्छ। र उसले घोषित रूपमा नै आवश्यक परे सैन्य बल प्रयोग गरेरै भएपनि ताइवानलाई पुन आफूमा गाभ्ने बताउने गरेको छ।
ताइवानी राष्ट्रपति साई इङ वेन अमेरिकाको भ्रमणबाट फर्केको केही घण्टापछि चीनले त्यो अभ्यास सुरु गरेको थियो।
ताइवानको रक्षा मन्त्रालयले ७१ वटा चिनियाँ सैन्य विमान र ९ वटा सैन्य पानीजहाजले ताइवान स्ट्रेटको मध्यरेखा पार गरेको जनाएको छ।
त्यो चिनियाँ र ताइवानी क्षेत्रलाई अनौपचारिक रूपमा विभाजन गर्ने रेखा हो।
चीनका राज्य सञ्चालित सञ्चारमाध्यमले उक्त सैन्य अभ्यासले एकै साथ ताइवान टापुको वरिपरि गस्ती र सैन्य अग्रतालाई व्यवस्थित गर्ने र चौतर्फी घेराबन्दी तथा प्रत्याक्रमणको सङ्केत गर्ने जनाएका छन्।
उनीहरूले लामो दूरीको रकेट, नौसेनालाई ध्वस्त पार्ने अस्त्र, क्षेप्यास्त्र बोक्नसक्ने डुङ्गा, वायुसेना, लडाकु, बमवर्षक विमान लगायत चिनियाँ सेनाले तैनाथ गरेको पनि जनाएका छन्।
ताइवानले आफूलाई एउटा सार्वभौम देश मान्छ र उसको आफ्नै संविधान तथा नेताहरू रहेका छन्।
न्यान्सी पलोसी ताइवान भ्रमणमाः अमेरिका(चीन कूटनीतिक तनावको केन्द्रमा रहेकी यी अमेरिकी नेत्री को हुन्
ताइवान विवादः के अमेरिका र चीन युद्धतर्फ लम्किन लागेका हुन्
तर चीनले उक्त टापुलाई आफ्नै टुक्रिएर गएको भू(भाग ठान्छ र त्यो अन्ततस् बेइजिङ अन्तर्गत आउनुपर्ने रूपमा हेर्छ। उसले त्यसका लागि आवश्यक परे बल प्रयोग चेतावनी दिने गरेको छ।
चिनियाँ राष्ट्रपति सी जिन्पिङले ताइवानसँगको “पुनस् एकीकरण” जसरी पनि पूरा गर्नुपर्ने बताइसकेका छन्।
चीनले प्रायः ताइवानको वरिपरि यस्तो खालको सैन्य अभ्यास गर्ने गर्छ।
तर यसपालि ताइवानका राष्ट्रपतिले बुधवार अमेरिकी तल्लो सदनका सभामुखसँग भेटेपछि त्यसको प्रतिक्रियास्वरुप अहिलेको सैन्य अभ्यास गरेको ठानिएको छ।
ताइवानी राष्ट्रपति शनिवार उनको सरकारले अमेरिका र अन्य लोकतान्त्रिक राष्ट्रहरूसँग काम गरिरहने बताएकी छन्।
उनका भनाइमा उक्त टापुले चीनबाट ूनिरन्तर अधिनायकवादी विस्तारवादूको सामना गरिरहेको छ।
ताइवान वरिपरि चीनको तीन दिने सैन्य अभियानलाई ूयुनाइटेड शार्प स्वर्डू भनिएको छ।
यो अभियान सोमवारसम्म चल्ने पिपुल्स लिबरेसन आर्मी (पीएलए)को पूर्वी थिएटर कमाण्डले जनाएको छ।
ताइवानको रक्षा मन्त्रालयले आफूले चीनको अभ्यासलाई शान्त, तर्कसङ्गत र गम्भीर ढङ्गका साथ जवाफ दिने बताएको छ।
त्यो द्वन्द्व पनि नबढाउने र आफ्नो राष्ट्रिय सार्वभौमसत्ता र सुरक्षाको रक्षा गर्न विवाद पनि ननिम्त्याउने आफ्नो सिद्धान्तमा आधारित भएको ताइवानको भनाइ छ।बीबीसी
