काठमाण्डौं, २२ चैत ।आगामी उपनिर्वाचनका उम्मेदवारहरूले चुनाव प्रचार प्रसारमा रु ३१ लाखसम्म खर्च गर्न पाउने छन् । चुनाव खर्चको यो सीमा निर्वाचन आयोगले आज जानकारी गराएको हो ।

उपनिर्वाचन आगामी बैशाख १० गते हुँदैछ ।

बाराको र चितवनको क्षेत्र नं २ र तनहुँको क्षेत्र नं १ मा हुने यो उपनिर्वाचनमा खर्चको सीमा भने फरक छ । बारा र चितवनका उम्मेदवारले रु २९ लाखसम्म चुनाव खर्च गर्न पाउने छन् । तनहुँका उम्मेदवारले भने ३१ सम्म खर्च गर्न पाउने छन् ।

राससको समाचारमा उल्लेख छ, निर्वाचनआयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने अधिकतम हद (सीमा) निर्धारण गरेको छ ।

आयोगको आज बसेको बैठकले उपनिर्वाचनका लागि गत असोज ३१ को नेपाल राजपत्रमा तोकिए बमोजिम नै हुने गरी चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ तथा बारा जिल्ला निर्वाचन क्षेत्र नं २ का लागि रु २९ लाख र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ का लागि रु ३१ लाख खर्च गर्न पउने गरी सीमा निर्धारण गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

आयोगले तोकेको खर्चको हदभित्र रही निर्वाचनमा खर्च गर्न र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचन खर्चको विवरण उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिमार्फत निर्वाचन परिणाम घोषणा भएको मितिले पैँतीस दिनभित्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पेस गर्नसमेत आयोगले भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर