काठमाडौ, १० चैत । नेपालको जनसंख्या करिव ३ करोड पुगेको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले आज सार्वजनिक गरेको तथ्यांकमा सो उल्लेख गरिएको छ ।
तथ्यांक अनुसार २०७९ मंसिरमा देशको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको हो।
तथ्यांक अनुसार उक्त संख्या मध्ये पुरुषको संख्या मात्र १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ (४८.९८ प्रतिशत) रहेका छन् भने महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) रहेका छन्। अन्य लिङ्गीको संख्या २ हजार ९ सय २८ छ।
पुरूष भन्दा महिलाको जनसंख्या करिव ६ लाख ५० हजार बढी छ।
यस पटक वागमती र मधेस प्रदेशमा करिव २१ प्रतिशत जनसंख्याको बसोवास छ। जसमा कर्णाली प्रदेशमा सबैभन्दा कम छ।
त्यस्तै भक्तपुरमा सबै भन्दा बढी जनसंख्या वृद्धि भएको छ भने रामेछापमा सबैभन्दा कम जनसंख्या वृद्धि भएको तथ्यांकमा जनाइएको छ।
नेपालमा विसं १९६८ बाट जनगणना सुरु भएको हो र प्रत्येक १०÷१० वर्षमा जनगणना हुँदै आएको छ । राष्ट्रिय जनगणनाको बाह्रौँ शृङ्खलाअन्तर्गत गत कात्तिक–मङ्सिर महिनामा जानगणना सम्पन्न भएको थियो ।
