पेरिस, ३ चैत । युरोपेली बैंकहरूको अवस्था अमेरिकी ऋणदाताहरूको जस्तो नभएको फ्रान्सको केन्द्रीय बैंक प्रमुखले बताएका छन् ।

अमेरिकामा देखिएको बैङ्किङ सङ्कटको त्रासका बीच उनले शुक्रबार सो टिप्पणि गरेका हुन् ।

उनले भने यस क्षेत्रका बैङ्कहरू ूअत्यन्तै ठोसू आकारमा छन् । दुई अमेरिकी ऋणदाताहरूको असफलताले यस क्षेत्रमा सङ्क्रामक स्थिति सृजना हुने डर बढाएको छ ।

समस्याग्रस्त युरोपेली बैंकिंग विशाल क्रेडिट सुइसले स्विस केन्द्रीय बैंकबाट ४ ५४ अर्बसम्म ऋण लिनु परेको छ। युरोपेली केन्द्रीय बैंकको गभर्निङ काउन्सिलका सदस्य फ्रान्कोइस भिलेरोय डे गाल्हाउले बीएफएम बिजनेस टेलिभिजनलाई अन्तर्वार्ता दिदै सो टिप्पणी गरेका हुन् ।
फ्रान्सेली र युरोपेली बैङ्कहरू अत्यन्तै बलिया छन्, अमेरिकी बैंकहरू जस्तै स्थितिमा छैनन्उनले भने । एएफपी

प्रतिक्रिया

सम्बन्धित खवर