काठमाडौँ, २३ माघ( । दक्षिण-पूर्वी टर्कीस्थित गाजीयान्टापमा शक्तिशाली भूकम्प गएको छ।उक्त स्थान सिरियासँगको सीमा नजिकै छ।
अमेरिकाको जियोलोजिकल सर्भेका अनुसार त्यहाँको समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा ७.८ म्याग्निच्युडको भूकम्प गएको हो।
युएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु टर्कीबाट २६ किलोमिटर पूर्वमा रहेको नुर्दा थियो। यो क्षेत्र गाजिएनटेप नजिकै छ। गाजिएनटेपको लगभग २० लाख जनसंख्या छ, जसमध्ये धेरै सिरियाली शरणार्थीहरू छन्। भूकम्पले ठूलो मात्रामा जनधनको क्षति हुन सक्ने अनुमान गरिएको छ ।
बीबीसी टर्कीस संवाददाताका अनुसार दियारबाकरमा एउटा सपिङ मल भत्किएको छ।
टर्कीका भूगर्वविदहरूले भूकम्प ७.४ म्याग्निट्युडको रहेको अनुमान गरेका छन्। उनीहरूका अनुसार केही मिनेटमै दोस्रो धक्का महसुस भएको थियो।
