काठमाडौ, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आज बसेको केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
रास्वपा सभापति रवि लामिछाने र पार्टीलाई गृहमन्त्रालय दिनुपर्नेमा
सो नदिएका कारण सरकारबाट बाहिरिने निर्णय गरेको हो।
पार्टीले सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन भने यथावत राखेको बताइएको छ
पार्टीका अध्यक्ष लामिछाने नागरिकता विवादमा दोषी ठहर भएपछि सो पद गुमाउनुभएको थियो । उहाँले पुनः नागरिकता लिएपछि गैरसांसद गृहमन्त्री बन्न निकै कसरत गर्नुभएको थियो ।
लामिछानेले गुमाउनुभएको गृहमन्त्री पद पाउनका लागि नेकपा एमालेका अध्यक्ष केपी ओलीले जोड दिनुभएपनि प्रधानमन्त्री पुष्पकमल दाहालले भने सोका लागि अन्य दलसंग पनि सल्लाह गरेर निर्णय गर्ने वताउदै आउनु भएको थियो ।
