काठमाडौँ, १८ माघ । निर्वाचन आयोगमा राष्ट्रिय स्वतन्त्र पार्टीको खारेजीका माग गर्दै उजुरी परेको छ ।
युवराज पौडेल सफलले रवि लामिछाने नेतृत्वको उक्त पार्टी दर्ता गर्दा उनले पेश गरेको नागरिकता अवैध भएकाले खारेज हुनुपर्ने माग सहित आयोगमा निवेदन दिनु भएको छ ।
निवेदनमा लामिछानेलाई सर्वोच्च अदालतले उमेदवारी दिदा उनले पेस गरेको नागरिकता अवैधानिक ठहर गरेकोले सोही नागरिकता पेस गरी लामिछानेले गरेका निर्णयहरु अवैध हुने भएको उल्लेख गर्दै सो पार्टी हुनुपर्ने उल्लेख गरिएको छ ।
सर्वोच्च अदालतले नेपाली नागरिकता नलिइ प्रतिनिधिसभा निर्वाचनमा भाग लिएको भन्दै उनको उपप्रधान तथा सांसद पद खारेज गरेपछि उनी दुवै पदवाट मुक्त भएका थिए ।
पौडेलले दोहोरो पासपोर्टमा छानबिन गर्नका लागि जिल्ला प्रहरी कार्यालयमा पनि हिजो उजुरी दिनुभएको तर सर्वोच्च अदालतको पुर्ण पाठ नआएसम्म काठमाडौं प्रहरीले भने सो उजुरी दर्ता गरेको छैन् ।

