काठमाडौं, ५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति र उपराष्ट्रपतिबारे समझदारीको कोसिस भइरहेको बताएका छन् ।

संसदको बैठकपछि आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले भन्नुभयो सभामुखको निर्वाचनमा सत्ता साझेदार दलहरु एकै ठाउँमा उभिएको र प्रमुख प्रतिपक्षले पनि (उम्मेदवार) उठायो, बहुमतद्वारा घोषणा भयो । भोलि उपसभामुखको मनोनयन हुन्छ, पर्सि निर्वाचन यही प्रक्रियामा हुन्छ ।
राष्ट्रपतिका सन्दर्भमा गरिएको प्रश्नमा उहाँले भन्नुभयो, राष्ट्रपतिको कुरा अझै समय बाँकी छ । हामी सत्ता साझेदार र मेरो पनि कुनै एउटा समझदारी बनिदिए हुन्थ्यो भन्ने कोसिस छ । हामी त्यो कोसिस जारी राख्छौं ।

प्रतिक्रिया

सम्बन्धित खवर