काठमाडौ, ४ माघ । पार्टीको सिद्धान्त, आर्थिक,राजनीतिक सामाजिक,सांस्कृतिक मुल नितीहरु,कार्यक्रम र पार्टी निर्माणको मुल दिशाको बारेमा दस्ताबेज मस्यौदा तयार नेकपा एकिकृत समाजवादीका नेता झलनाथ खनालको संयोजकत्वमा एक समिति गठन भएको छ।
पार्टी केन्द्रीय कार्यालयमा आज बसेको बैठकले सो समिति गठन गरेको हो।
समितिका सदस्यहरुमा केशव लाल श्रेष्ठ,बेदुराम भुसाल,जगन्नाथ खतिवडा, गङ्गालाल तुलाधर, प्रकाश ज्वाला, विजय पौडेल, राजेन्द्र राई,रामकुमारी झाक्री साबित्रा भुसाल र गणेश बिक रहनुभएको छ ।
