काठमाडौँ, १३ पुस ।   नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा निर्वाचन प्रक्रियाबाट कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामा निर्वाचित हुनुभएको छ । केही बेरअघि भएको मतदान कार्य र मतगणना कार्य सकिएसँगै उहाँ दलको नेता चयन हुनुभएको हो ।

सर्वसम्मतरूपमा दलको नेता चयन हुन नसकेपछि निर्वाचन प्रक्रियामा उहाँले बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँलाई पराजित गर्नुभएको हो । लामाले २१ मत प्राप्त गर्दा बानियाँले १६ मत प्राप्त गर्नुभएको थियो । बानियाँ यसअघिको सरकारमा पनि दलको नेता हुनुहुन्थ्यो । मतदानमा ३७ जना प्रदेशसभा सदस्यले भाग लिनुभएको थियो ।

त्यस्तै गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसको संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी बन्नुभएको छ ।

संसदीय दलको नेताका लागि आज भएको निर्वाचनमा पाण्डेले १८ मत ल्याएर बिजयी बन्नुभएको हो । उहाँका प्रतिस्पर्धी भोजराज अर्यालले आठ मत प्राप्त गर्नुभएको छ । निर्वाचनमा एक मत बदर भएको थियो । साठी सदस्यीय गण्डकी प्रदेशसभामा कांग्रेसमा २७ सांसदसहित सबैभन्दा ठूलो दल हो ।

प्रतिक्रिया

सम्बन्धित खवर