काठमाण्डौं, १८ असोज । मासु खाँदा घाँटीमा अड्किएर चितवनमा एक जना पुरुषको मृत्यु भएको छ।मृत्यु हुनेमा कालिका नगरपालिका–८ गैरीबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री हुनुहुन्छ।
हिजो सोमबार साँझ मासु खाँदै गर्दा क्षेत्रीको घाँटीमा मासु अड्किएको थियो । परिवारजनले उहाँलाई उपचारका लागि उहाँलाई भरतपुरको पुरानो मेडिकल कलेज लगेका थिए । तर उहाँलाई बचाउन सकिएन ।
जिल्ला प्रहरी कार्यालयल चितवनका अनुसार, पुरानो मेडिकल कलेज पुर्याउना साथ क्षेत्रीको मृत्यु भएको थियो ।
