काठमाडौ, १७ असोज । यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार मानव प्रजातिको विकासक्रमसम्बन्धी काम गरेबापत स्वीडेनका वैज्ञानिक स्वान्टे पाबोलाई प्रदान गरिने भएको छ।

पुरस्कार समितिले मानव जातिको विलुप्त तर मानव जाति निकट पूर्वज प्रजाति नीयनडर्थलहरूको आनुवंशिक कोड पत्ता लगाएर असम्भव देखिने काम गरेकाले उहाँलाई पुरस्कार दिइएको जनाएको छ।

उहाँले पहिले पत्ता नलागेको मानव जातिको अज्ञात नजिकका पूर्वज डेनीसोभाहरू पत्ता लगाउने सनसनीपूर्ण उपलब्धि पनि हासिल गर्नुभएको छ ।

उहाँको कामले हामी मानवको आफ्नै विकासक्रमको इतिहास र कसरी मानिसहरू पृथ्वीभरि फैलिए भनेर खोजी गर्न मद्दत पुगेको बताइएको छ।

आनुवंशिक विज्ञ उहाँको काम मानव विकाससम्बन्धी केही आधारभूत प्रश्नमा केन्द्रित रहेको छ।

त्यस्ता प्रश्नमा हामी कहाँबाट आएका हौँ र हामी होमो स्यापियन्सका रूपमा हाम्रा अन्य पुर्खाहरू लोप हुँदा पनि कसरी सफल हुन सक्यौ वा केले गर्दा त्यस्तो सफलता मिल्यो भन्नेलगायत छन्।

सन् १०९० देखि नै यस्ताखाले खोजमा काम भइरहेको छ तर त्यो पुराना डीएनएहरूमा भर पर्ने गरेको थियो।

नोबेल कमिटीले भनेको छ, अहिले जीवित मानव र लुप्त भइसकेको होमिनिनहरूबीचको भिन्नता देखाउने आनुवंशिक फरक हाम्रा अगाडि राखिदिएर उहाँको अनुसन्धान हामी मानव विशिष्ट कसरी छौँ भन्ने पत्ता लगाउने आधार बनेको छ।

नीयनडर्थल डीएनए र संसारभरि रहेका मानवको डीएनएबीच गरिएको तुलनापछि उनीहरूको डीएनए युरोप र एसियाका मानिसहरूको डीएनएसँग मिल्दोजुल्दो पाइयो।

यसले होमो स्यापियन्सले ७० हजार वर्ष अगाडि अफ्रिकाबाट बसाइँ सरेपछि होमो स्यापियन्ससँग यौनसम्पर्क राखेर बच्चा जन्माएका थिए भन्ने बताउँछ। र, तपाईँ आज पनि त्यसको विरासत देख्न सक्नुहुन्छ।

आधुनिक मानवको डीएनएको १ देखि ४ प्रतिशत हिस्सा हाम्रा नीयनडर्थल पुर्खाबाट आएको छ र त्यसले हाम्रो शरीरको सङ्क्रमणसँग लड्ने क्षमतालाई पनि प्रभावित गर्ने गरेको छ।
मानव उत्पत्तिबारे अर्को अति महत्त्वपूर्ण अध्ययन सन् २००८ मा आएको थियो। वैज्ञानिकहरूले ४० हजार वर्ष पुरानो औँलाको हड्डी साइबेरियाको डेनीसोभा गुफामा फेला पारेका थिए।

प्रोफेसर पाबोले डीएनएको एउटा नमुनाको सिक्वेन्स गर्न सफल हुनुभएको थियो । र, परिणाम चाहिँ यसअघि थाहा नभएको डनिसोभन भनिने होमिनिन रहेको पत्ता लाग्यो।

र, होमो स्यापियन्सले डेनिसोभनसँग पनि प्रजनन गरेका थिए।

दक्षिण पूर्वी एशियाका ६ प्रतिशत मानिसमा डेनिसोभनको डीएनए पाइन्छ।

प्रोफेसर पाबोले नोबेल कमिटी फर फिजिओलोजी अर मेडिसिनका सचिव थोमस पर्लमनले फोन गरेपछि मात्र आफूले पुरस्कार पाएको खबर सुन्नुभएको थियो ।

पर्लमनले भन्नुभयो, उहाँ आल्हादित थिए अवाक् भए र साह्रै खुशी हुनुभयो ।

उहाँले १ करोड स्वीडिश क्रोनर अर्थात् ८ लाख ब्रिटिश पाउन्ड बराबरको पुरस्कार जित्न भएको छ ।बीबीसी

 

प्रतिक्रिया

सम्बन्धित खवर