काठमाडौं, ३१ भदौ । नेपाली कांग्रेस पाल्पाका नेता विजयराज घिमिरेको गएराति ८ः१५ बजे निधन भएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलका अनुसार उहाँको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
उहाँको आज अपराह्न १ बजे पशुपति आर्यघाट दाहसंस्कार गरिने
भएको छ ।
घिमिरे २०५६ र २०७४ को आमनिर्वाचनमा पाल्पा जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ मा पार्टीको तर्फबाट उम्मेदवार हुुनुुहुन्थ्यो ।
वि.सं.२०२५ सालमा जन्मनुभएका घिमिरेले पार्टी संगठन निर्माण र लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।

उहाँको निधनबाट पार्टीले एक होनाहार युवा नेतृत्वलाई गुमाएको पार्टीले जनाएको छ ।

यसैगरी नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एक विज्ञप्ति प्रकाशित गर्दै घिमिरेप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट समवेदना प्रकट गर्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर