काठमाण्डौं, २५ साउन । काठमाण्डौंको बालाजु बाइसधारा नजिकै संचालित एक जुत्ता कारखानामा आगलागी भएको छ ।
आगो वान वर्ल्ड जुत्ता कारखानामा लागेको हो । आगलागी आज दिउँसो भएको हो । त्यसको कारण थाहा भैसकेको छैन ।
अहिले त्यहाँ आगो निभाउने काम भइरहेको छ ।
काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले दिनुभएको जानकारी अनुसार, आगो निभाउनका लागि काठमाडौं, भक्तपुर र ललितपुरबाट ल्याइएका दमकल सहित सुरक्षाकर्मी, सेना र प्रहरी बल परिचालन गरिएको छ ।
कारखानामा लागेको आगो अझै पूर्ण नियन्त्रणमा आइसकेको छैन ।
