काठमाडौँ, २६ असार । यस वर्षको राष्ट्रिय विभूति भीमसेन थापा स्मृति पुरस्कार भक्ति थापा स्मृति प्रतिष्ठानलाई प्रदान गरिने भएको छ ।
प्रतिष्ठानको शनिबार सम्पन्न बैठकले सो निर्णय गरेको हो । इतिहासको क्षेत्रमा विशेष योगदान गर्ने व्यक्ति तथा संस्थालाई दिइने उक्त पुरस्कारको राशि यस वर्षदेखि वृद्धि गरी रु एक लाख पु¥याउने निर्णय बैठकले गरेको प्रतिष्ठानका अध्यक्ष प्रा डा पार्थिवेश्वरप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

पुरस्कार आगामी साउन ९ गते थापाको २४८औँ जन्मजयन्तीका अवसरमा प्रदान गरिने अध्यक्ष प्रा डा तिमिल्सिनाले बताउनुभयो ।
यसअघि उक्त पुरस्कार प्रा डा तुलसीराम वैद्यलाई प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर