काठमाडौँ, १६ असार । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार २७ गते बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी असार २७ गते सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको जानकारी दिनुभयो ।

बैठकमा स्थानीय तह निर्वाचन–२०७९ को समीक्षा र विविध विषयमा छलफल हुने मुख्यसचिव पौडेलले बताउनुभयो ।—

प्रतिक्रिया

सम्बन्धित खवर