काठमाडौं, ७ असार । सञ्चारकर्म त्यागेर राजनीतिमा होमिएका रवि लामिछाने आज राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्नुभएको छ ।

उहाँले उक्त घोषणा सभागृहमा आयोजित एक विशेष समारोहमा गर्नुभएको हो । उक्त समारोहमा लामिछानेले गत स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका व्यतिmहरुलाई आफ्नो दलमा आउन आग्रह गर्दै प्रधानमन्त्री र मुख्यमन्त्रीको चुनाव प्रत्यक्ष हुनुपर्ने धारणा व्यक्त गर्नुभएको हो ।

उहाँले दल गठन गर्नुपर्ने कारण वारे वताउँदै देशभरबाट समानुपातिक मत संकलन गर्नु पर्ने भएकाले सो गरेको उल्लेख गर्नुभयो ।

लामिछानेले पार्टीको भ्रातृ संगठन नबनाउने, पार्टीमा कोही पनि कार्यकर्ता नहुने सबै सदस्य मात्र हुने वताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर