वीरगञ्ज, २९ जेठ  । जिल्ला समन्वय समिति पर्साको प्रमुख पदमा जनता समाजवादी पार्टी (जसपा) का नीरज (अजय) साह सोनार विजयी हुनुभएको छ । जसपा र नेकपा (एमाले) तर्फबाट साझा उम्मेदवार बन्नुभएका उहाँ दुई मतको अन्तरले विजयी हुनुभएको हो ।

उहाँले १५ मत ल्याउँदा उहाँका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठबन्धनका साझ उम्मेदवार सरोज चौरसियाले १३ मत प्राप्त गर्नुभयो ।

यसैगरी उपप्रमुख पदमा एमालेका पुरन साह कूल १५ मतसहित जिजयी बन्नुभएको हो भने उहाँका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका कुमारी सोनीले १३ मत प्राप्त गर्नुभयो ।

जिससको नेतृत्वका लागि जसपा–एमाले गठबन्धन मिलेर चुनाव लडेकामा सबै पदमा गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।
नौ सदस्यीय जिसस पर्सामा जसपाबाट तीन र एमालेका चार सदस्य

प्रतिक्रिया

सम्बन्धित खवर