काठमाडौं, १८ जेठ । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४८४२ जनाको परीक्षण गर्दा सो पुष्टि भएको हो।
सोही समयावधिमा ११ जना संक्रमित विसेक भएका छन् भने ९८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
