काठमाडौं, १२ जेठ । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप १४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २०२५ जनाको पीसीआर र १६०३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
सोही समयावधिमा १३ जना संक्रमित विसेक भएका छन् भने अहिले सक्रिय सङ्क्रमित १२९ रहेको मन्त्रालयले जनाएको छ ।
