काठमाण्डौं,  १२ जेठ । काठमाण्डौं महानगरपालिकाको वडा नम्बर १६ मा कांग्रेसका उम्मेदवार मुकुन्द रिजाल विजयी हुनुभएको छ ।यहाँको मत गणना आज भर्खरै सकिएको हो ।

रिजाल दोस्रोपटक वडाध्यक्षमा निर्वाचित हुनुभएको हो । विजयी रिजालले ४ हजार ५ मत ल्याउनु भएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी लक्ष्मीरत्न तुलाधारले ३ हजार २३९ मत पाउनुभएको छ । पराजित तुलाधर एमालेको उम्मेदवार हुनुहुन्छ ।

काठमाण्डौ महानगरको धेरै मतदाता संख्या रहेको वडाहरुमध्ये यो वडा पनि पर्दछ । यो १६ नम्वर वडामा कुल १२ हजार ३३६ मत खसेको थियो ।

रिजालको जितसँगै काठमाण्डौंमा कांग्रेसले १८ वटा वडा जित हासिल गरको छ ।केही वडाको परिणाम आउन काँकी नै छ ।

अघिल्लो स्थानिय निर्वाचनमा काठमाण्डौंमा कांग्रेसले १४ वटा वडामा जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर