बाँके, २ जेठ ।  बर्दियाको बारबर्दिया नगरपालिकामा नेपाली कांग्रेसका मेयरका उम्मेदवार छविलाल थारु विजयी हुनुभएको छ । उहाँले १३ हजार छ मत हासिल गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का पद्मप्रसाद ढकालले १० हजार ३५१ मत पाउनुभयो ।

त्यस्तै उपप्रमुख पदमा पनि नेपाली कांग्रेसकी रत्नाकुमारी पाण्डे १२ हजार ४९१ मत ल्याई निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी नारायणी चौधरीले १० हजार ८५५ मत प्राप्त गर्नुभयो ।

बेलडाँडी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राना निर्वाचित

बेलडाँडी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका हरिशचन्द्र राना निर्वाचित हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अकलबहादुर बिष्टलाई एक हजार ८०२ मत अन्तरले पराजित गर्दै कांग्रेसका राना गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

अध्यक्ष रानाले चार हजार १०३ मत प्राप्त गर्नुभएको छ भने प्रतिद्वन्द्वी नेकपा एमालेका बिष्टले दुई हजार ३०१, नेकपा माओवादी केन्द्रका ईश्वरी दत्त भट्टले एक हजार ७६३, राप्रपाका प्रेम सिंह साउँदले २६७ र स्वतन्त्र उम्मेदवार एकेन्द्र शाहले ३० मत प्राप्त गर्नुभएको छ ।

बेलडाँडी गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसका शान्ति नाथ निर्वाचित हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका फुलदेवी रानालाई ४४६ मत अन्तरले पराजित गर्नुभएको छ ।

गाउँपालिकाको उपाध्यक्षमा नाथले तीन हजार ६७३ मत प्राप्त गर्नुभएको छ । एमालेका फुलदेवी रानाले तीन हजार २२७, नेकपा माओवादी केन्द्रका कल्पना गिरीले ९७१, स्वतन्त्र उम्मेदवार पुष्प कमल पण्डितले २९२ र राप्रपाका वसन्ती चौधरीले २३० मत प्राप्त गर्नुभएको छ ।

बेलडाँडी गाउँपालिका–१, २, ३ र ५ मा नेपाली कांग्रेस तथा वडा नं ४ मा नेकपा एमालेको पूरै प्यानल निर्वाचित भएको बेलडाँडीका निर्वाचन अधिकृत सुरेन्द्र केसीले जानकारी दिनुभयो ।

दाङको राजपुर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी

दाङको राजपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्ष पदमा शरद बुढाथोकीले तीन हजार ९८० मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का चक्रबहादुर खडकाले तीन हजार १६७ मत र नेकपा (एमाले)का अध्यक्ष पदका उम्मेदवार कुलराज गिरीले दुई हजार ९२२ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपाध्यक्षमा धनपति यादव तीन हजार ८३६ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार पुष्पा यादवले तीन हजार ३४८, नेकपा (एमाले)का सीता यादवले दुई हजार सात मत प्राप्त गर्नुभएको छ । कूल १५ हजार ७२३ मतदाता रहेकामा ११ हजार ७४१ मत खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर