काठमाडौं, २ जेठ । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १५४६ जनाको पीसीआर र १२३९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
पछिल्लो चौविस घण्टामा ९ जना संक्रमित विसेक भएका छन् । अहिले सक्रिय सङ्क्रमित १३९ जना रहेको मन्त्रालयले जनाएको छ।
