काठमाडौं, २२ वैशाख । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार २३७६ पीसीआर र १४३५ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।
सोही समयावधिमा १५ जना संक्रमित विसेक भएका छन्। यो सँगै विसेक हुनेको संख्या ९ लाख ६६ हजार ७३० जना पुगेको छ।
अहिले २१७ जना संक्रिय संक्रमित रहेका छन्।
