काठमाडौ, १९ वैशाख । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३,३३३ जनाको पीसीआर र ९२२ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।
यससँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार २९ पुगेको छ ।
मन्त्रालयका अनुसार उक्त समयावधिमा १८ जना संक्रमित विसेक भएका छन् । योसँगै ९ लाख ६६ हजार ६७४ जना विसेक भएका छन् ।
पछिल्लो चौविस घण्टामा ज्यान जानेको संख्या सुन्य भएको र अहिलेसम्म ज्यान जानेको संख्या ११,९५१ पुगेको छ ।
अहिले २११ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
