काठमाडौं, १७ वैशाख । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ५ जना कोरोना भाइरस संक्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०६६ पीसीआर र ११४८ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।
सोही समयावधिमा १७ जना संक्रमित विसेक भएका छन् भने ज्यान जानेको संख्या सुन्य रहेको छ ।
अहिले २३० जना संक्रिय संक्रमित रहेका छन्।
