काठमाण्डौं, १५ बैशाख । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी देनेहरूको नामावली आज प्रकाशन हुँदैछ । यतिबेला निर्वाचन आयोगले उम्मेदवारी दनेहरूविरुद्ध परेको उजुरीउपर जाँचबुझ गरिरहेको छ ।
नामावली भरे साँझ ६ बजेपछि उम्मेदवारहरूको प्रकाशन हुनेछ ।
बैशाख ३० गते हुने स्थानीय निर्वाचनको विभिन्न पदको लागि इच्छुक व्यक्तिहरूले यही ११ र १२ पार्टीगत र स्तन्त्ररुपमा मनोनयनमत्र दर्ता गरी उम्मेदवारी दिएका थिए ।
निर्वाचन आयोगका अनुसार आज उम्मेदवारहरूको नामावली प्रकाशित भएपिछ भोलि बैशाख १६ गते शुक्रबार साँझसम्म ती उम्मेदवारले मनोनयन फिर्ता लिन सक्नेछन् ।
निर्वाचान आयोगले भोली शुक्रबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने जनाएको छ ।
निर्वाचन आयोगका अनुसार १७ गते शनिबार उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।
मुलुकभर महानगर, उपमहानगर र गाउँपालिका गरेर ७५३ स्थानीय तह छन् । ती सबै तहका ३५ हजार २ सय २१ पदका लागि आगामी ३० गते मतदानको कार्यक्रम छ ।
उम्मेदवारी दर्ता गराउनेहरूको संख्या १ लाख ५२ हजार ४६५ छ । यसमा भोलिसम्म नाम फिर्ता नलिनेहरू बीच चुनावी स्पर्धा हुनेछ ।
