काठमाडौं, १४ वैशाख । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४११९ जनाको पीसीआर र १७७२ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।
सो समयावधिमा ज्यान जानेको संख्या सुन्य रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौविस घण्टामा कोरोनाबाट १७ जना विसेक हुनुका साथै अहिले २५२ जना सक्रिय संक्रमित रहेका छन् ।
