काठमाडौं, ४ वैशाख । पछिल्लो चौविस घण्टामा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७५० जनाको पीसीआर र ७३९ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।
पछिल्लो चौविस घण्टामा कोरोनाबाट ३६ जना विसेक भएका छन् भने ३७५ जना सक्रिय संक्रमित रहेका छन्।
