काठमाडौं, २८ चैत । पछिल्लो चौविस घण्टामा थप २२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३९७२ जनाको एन्टीजेन परीक्षण गर्दा सो पुष्टि भएको हो ।
सोही समयावधिमा ११७२ जनाको एन्टीजेन परीक्षण गर्दा शून्य सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार चौविस घण्टामा ४६ जना कोरोनाबाट विसेक भएका छन् ।
अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ५९२ रहेको छ ।
