काठमाडौं, २६ चैत । नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं केन्द्रीय सदस्य डा.शशांक कोइरालाले खर्चकै कारण निर्वाचन लड्न नसकिने स्थिति आएको भन्दै निर्वाचन खर्च अति महंगो हुँदै गएको धारणा व्यक्त गर्नु ुभएको छ ।
उहाँले उक्त कुरा नेपाल विद्यार्थी संघ इलाम काठमाडौं सम्पर्क समितिको एक कार्यक्रममा बोल्दै बताउनुभएको हो ।
उहाँले नवलपरासीबाट तीन पटक निर्वाचन लड्दा खर्च पनि सो अनुपातममा अत्यधिक बढेको भन्दै पछिल्लो पटक निर्वाचनमा आफूले ६ करोड खर्च गर्नुपरेको बताउनुभएको छ ।
‘तीन पटक निर्वाचन लडें । पहिलो पटक ८० हजार खर्च भयो । दोस्रो पटक तीन करोड खर्च भयो र तेस्रो पटक ६ करोड खर्च भयो,’ उहाँँले बताउनुभयो ।
उहाँले देश बनाउने युवा विद्यार्थीहरू हुन भन्दै विद्यार्थीलाई पहिले राजनीतिभन्दा पनि अध्ययनमा जोड दिन आग्रह गर्नुभयो ।
