काठमाण्डौं,२४ चैत । । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त हुनुभएको छ ।एक मन्त्रीका अनुसार,आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई सो पदमा नियुक्त गरेको हो ।

मन्त्रालयले टेलिकमको प्रबन्ध निर्देशक पदमा नियुक्तिको लगि पौडेलसहित बुद्धि आचार्य र संगीता पहाडी गरी तीन जनाको नाम सिफारिस गरेको थियो ।

पौडेलको नियुक्तिको विषयलाई लिएर टेलिकमका कर्मचारीहरु विरोधमा छन् ।

कर्मचारीहरुले आज पनि नेपाल टेलिकमको केन्द्रीय कार्यालय भद्रकालीमा विरोध प्रदर्शन गरेका थिए ।

नेपाल टेलिकमको एमडी नियुक्ति र सेवा सुविधा सम्बन्धी निर्देशिका नै फेरेर पौडेललाई नियुक्त गरिएको कर्मचारीहरूको भानाई छ ।

टेलिकमका नव नियुक्त प्रबन्ध निर्देशक पौडेल पूर्वमन्त्री एवं नेकपा एमालेका नेता गोकुल बाँस्कोटाका प्रियव्यक्ति हुनुहुन्छ ।

पौडेल यसअघि राष्ट्रिय सूचना प्रविधि केन्द्रको निर्देशक हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर