काठमाडौँ, २३ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ पुनः बढाएको छ।  निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले मंगलबार राति १२ बजेबाट लागू हुने गरी खाना पकाउने ग्यास, पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो।

भारतीय आयल कर्पोरेसनले मूल्य बढाएर पठाएको भन्दै नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ५ रूपैयाँ र खाना पकाउने ग्यासमा प्रति सिलिन्डर २५ रुपैयाँ बढाएको छ।

नयाँ खुद्रा बिक्री मूल्यअनुसार अब पट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ, मट्टितेलको मूल्य १४३ रुपैयाँ कायम गरिएको छ भने हवाई इन्धन (आन्तरिक) मा ५ रुपैयाँ बृद्धि भर्इ प्रतिलिटर १५६ रुपैयाँ कायम भएको छ । यस्तै एल.पी. ग्यासको बिक्री मूल्य १६०० प्रतिसिलिण्डर कायम गरिएको छ ।

समायोजन पश्चात पनि एक महिनाको अनुमानित घाटा ९ अर्ब २७ करोड र आर्थिक बर्ष २०७८/७९ को हालसम्मको नोक्सानी करिब ३३ अर्ब रहेको निगम जनाएको छ । अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धि भएकाले भाउ बढाइएको निगमको भनाइ छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर