काठमाण्डौं, २१ चैत । नेपाली काँग्रेसको ‘स्थानीय तह निर्वाचन —२०७९, घोषणापत्र तयारी समिति’ले पूर्णता पाएको छ । यो समितिमा कांग्रेस सभापति शेरबहादुर देउवाले २८  जना सदस्य मनोनित गरेर पूर्णता दिनुभएको हो ।

नेपाली कांग्रेसको स्थनीय निर्वाचन घोषणापत्र समितिको संयोजक पार्टीका महामन्त्री गगन थापा हुनुहुन्छ ।संयोजकसहित यो समिति २९ सदस्यीय भएको छ ।

कांग्रेस केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक प्रेस विज्ञप्ति जारी गरी गराउनुभएको जानकारी अनुसार समितिमा आरजु राणा, मधु आचार्य, गुरुराज घिमिरे, काठमाण्डौं महानगर पालिकाको उपमेयर हरिप्रभा खड्गीलगायत हुनुहुन्छ ।

स्थानीय तह निर्वाचन—२०७९, घोषणापत्र तयारी समितिमा आज मनोनित सदस्यहरूको नामावली यस प्रकार छ :
१. सदस्य — डा. आरजु राणा देउवा
२. सदस्य — श्री मधु आचार्य
३. सदस्य — प्रा. डा. गोविन्दराज पोखरेल
४. सदस्य — श्री अजयवावु शिवाकोटी
५. सदस्य — श्री नृपबहादुर वड
६. सदस्य — श्री कान्तिका सैजुवाल
७. सदस्य — श्री गुरुराज घिमिरे
८. सदस्य — श्री किरण गिरी
९. सदस्य — श्री हरिप्रभा खड्गी
१०. सदस्य — श्री भीम ढुंगाना
११. सदस्य — श्री दिलिपप्रताप खाँण
१२. सदस्य — श्री वंशलाल तामाङ
१३. सदस्य — श्री विजय शंकर यादव
१४. सदस्य — श्री उमा थापा मगर
१५. सदस्य — श्री भुपेन्द्र राई
१६. सदस्य — श्री ममता महतो
१७. सदस्य — श्री डा. जुगल भुर्तेल
१८. सदस्य — श्री गेजा शर्मा वाग्ले
१९. सदस्य — श्री जगदीश भट्टराई
२०. सदस्य — श्री प्रताप पौडेल
२१. सदस्य — श्री शंकर तिवारी
२२. सदस्य — श्री पुरुषोत्तम नेपाल
२३. सदस्य — डा. इन्द्रा अधिकारी
२४. सदस्य — डा. अभिमन्यु सिंह
२५. सदस्य — डा. वुद्धिमान श्रेष्ठ
२६. सदस्य — श्री मनिष झा
२७. सदस्य — श्री जिमी लामा
२८. सदस्य — श्री शिलशिला आचार्य ।

यस अघि चैत १० गते नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०७८ फागुन ३ गतेको बैठकको निर्णय अनुसार, सभापति  शेरबहादुर देउवाले पार्टी महामन्त्री गगनकुमार थापालाई  ‘स्थानीय तह निर्वाचन —२०७९, घोषणापत्र तयारी समिति’को संयोजक तोक्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर