काठमाडौं, २० चैत । पछिल्लो चौविस घण्टामा पीसीआर परिक्षण गर्दा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५८४७ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
मन्त्रालयका अनुसार १०६२ जनाको एन्टीजेन परीक्षण गर्दा संक्रमितको संख्या शून्य पाइएको छ।
मन्त्रालयका अनुसार ६६ जना कोरोनाबाट विसेक भएका छन्। अहिले सक्रिय संक्रमितको संख्या ८९९ रहेको छ।
